काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका बारा क्षेत्रनम्बर २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै रहेको छ । मंगलबार बिहान सार्वजनिक गरेको मत परिणाम अनुसार यादवले ९ हजार ८ सय ७० मत ल्याएर अग्रता कायम गरेको हो ।
यादवलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६ हजार ७ सय ७१ मत र नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३ हजार ७०० मतले पछ्याई रहेको छ । यस क्षेत्रमा रास्वपाका उम्मेदवार रमेश खरेलले १ हजार १ सय ७४ र आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५ सय ८७ मत ल्याएका छन् ।
यस क्षेत्रबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बैशाख १० गते उपनिर्वाचन भएको हो ।