चितवन २ मा रविको अग्रता कायमै, रास्वपाको जित निश्चित

  गाैरीशंकर टाइम्स संवाददाता  114 पटक हेरिएको

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रता कायमै रहेकोछ । मंगलबार बिहानसम्म ५० हजार भन्दाबढी मत गणना हुँदा लामिछानेले ४० हजार ६१ मत ल्याई अग्रता कायम गरेको हो ।

उनका प्रतिस्पर्धी गठबन्धनको उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले मत ७ हजार ४ सय ५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६७ मत रहेकोछ । आइतबार भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो। अब गन्न बाँकी मत २८ हजार मात्र रहेको जिल्ला निर्वाचन अधिकृतले बताएको छ। अहिलेलै लामिछानेले प्रतिस्पर्धीसँग ३२ हजार भन्दा बढिको मतान्तर कायम गरेका हुनाले उनको जित निश्चित जस्तै भएको हो ।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट रवि लामिछाने सांसद निर्वाचित भएका थिए । तर उनको नेपाली नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्चले सांसद पद खारेज गरिदिएपछि रिक्त भएको स्थानमा बैशाख १० गते उपनिर्वाचन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार