काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका मत गणना सकिएको छ । मंगलबार सम्पन्न मतगणनाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले पुनः विजयी भएको हो ।
बैशाख १० गते सम्पन्न उपनिर्वाचनको कुल ७८ हजार २ सय ७७ मत गणना हुँदा लामिछानेले ५४ हजार १ सय ७६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत पाएका छन् ।