काठमार्डौ । प्रतिनिधिसभाको उपनिर्वाचनमा बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएको छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार भन्दा बढी मताअन्तरले विजयी भएको हो ।
यादवले २८ हजार ४ सय १५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३ सय ३४, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत पाएका थिए । निर्वाचनमा रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार ८ सय २९ र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७ सय ३८ मत पाएको निर्वाचन अधिकृतका कार्यालयले जनाएको छ ।
त्यसैगरी, गत मंसिर ४ को चुनावमा बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएको यो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन भएको थियो ।