काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ । अध्यक्ष ओलीमाथि झापाको बुद्धशान्ति गाउँपालिकास्थित बुधबारे बजारमा आक्रमणको प्रयास भएको हो ।
अध्यक्ष ओली झापा, इलाम र तेह्रथुमका विभिन्न कार्यक्रममा सहभागी हुनेक्रममा बुधवार गृहजिल्ला झापा पुग्नुभएको थियो । गृहजिल्लाको झापाका बुधबारे बजारमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्न नानेक्रममा ओलीमाथि आक्रमणको प्रयास भएको हो ।
एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले प्रेस विज्ञप्ति जारी गर्दै घट्नाको सत्यतथ्य छानविन गरी दोषिमाथि कार्वही गर्न माग गरेको छ । उनले समाजमा शान्ति र मेलमिलाप भङ्ग गर्न नियोजित रुपमा सत्तापक्षकै कार्यकर्ताका नेतृत्वमा आक्रमण गर्न खोजेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त घटनाप्रति घोर निन्दा र भर्त्सना गर्दै अवाञ्छिन्न कार्यमा संलग्नहरूमाथि कडा कानुनी कारवाही गर्न समेत सरकारलाई माग गरेको छ ।