जुँगु, दोलखा । गौरीशंकर गाउपालिका पहिलो अध्यक्ष कपको उपाधि कालिञ्चोक गाउपालिकाले जितेको छ । बैशाख ११ गतेदखि जुँगुमा सुरुभएको पुरुष भलिवल प्रतियोगिताको खेल जिरीलाई हराउदै कालिञ्चोकले उपाधि जितेको हो ।
बुधवार सम्पन्न खेलमा द्वितीय जिरी, तृतीय मेलुङ्ग र सान्त्वना विगु भएको छ । उक्त प्रतियोगितामा कालिञ्चोक गाउपालिकाले नगद रु १ लाख १० हजार, ट्रफि र मेडल जितेको छ । द्धितिय हुने जिरी नगरले रु ७५ हजार र तृतिय मेलुङ्गले नगद रु ५० हजार, ट्रफि र मेडल जितेको छ ।त्यस्तै खेलमा सान्त्वना हुने विगुले रु २५ हजार नगद र प्रमाणपत्र पाएको छ ।
त्यसैगरी, पालिका सामाजिक विकास संयोजक युग वहादुर वस्नेतको अध्यक्षमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक वर्जुराम घतानी प्रमुख आथित्यता र पालिका अध्यक्ष विश्वास कार्कीको विशेष आथित्यतामा बुधवार समापन भएको थियो । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिएको संयोजक बस्नेतले बताए । प्रतियोगितामा जिल्लाको दुइ नगर र सात गाउँपालिकाको सहभागि रहेको थियो ।