गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डे

  गाैरीशंकर टाइम्स संवाददाता  89 पटक हेरिएको


काठमाडौ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्ति गर्नु भएको हो ।

संघको सत्ता समीकरण फेरिएसँगै प्रदेश सरकारका मन्त्रीहरु हरिबहादुर चुमान र रेशम जुग्जालीले गत चैत्र १० गते सर्मथन फिर्ता लिएका हुदाँ एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । त्यसैगरी अधिकारीले वैशाख ९ गते प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि राजिनामा दिनुभएको थियो । अधिकारी नेतृत्वको सरकारमा नेकपा माओवादीका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटन मन्त्रीमा रेशम जुग्जाली रहेका थिए ।

मुख्यमन्त्री हुन नेता पाण्डेलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ३५ सांसदको समर्थन रहेकोछ । पाण्डेले पद तथा गोपनियताको शपथ भने शुक्रबार मात्र लिनुहुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार