लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रसका नेता डिल्लीबहादुर चौधरी नियुक्त

  गाैरीशंकर टाइम्स संवाददाता  126 पटक हेरिएको


काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्रीका लागि चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३÷३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको छ ।

गत पुस २७ मा संविधानको धारा १६८ ९२० अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभाबाट विश्वासको मत नपाएपछि सरकार अल्पमतमा परेको थियो । प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री चौधरीले पद तथा गोपनियताको शपथ भने शुक्रबार लिनुहुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार