लामिछाने र वाग्लेले लिए सांसदको शपथ, उपेन्द्रले गरे बहिष्कार

  गाैरीशंकर टाइम्स संवाददाता  113 पटक हेरिएको


काठमाडौं । प्रतिनीधिसभाको उपनिर्वाचनबाट विजेता भएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गर्नुभएको छ । लामिछाने र वाग्लेले शुक्रबार सांसद भवनमा सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

सभामुख घिमिरेले सपथ खुवाउँदै लामिछाने र वाग्लेलाई सांसदको लोगो समेत वितरण गर्नु भयो । शपथ ग्रहण कार्यक्रममा बारा २ का विजेता सांसद उपेन्द्र यादव भने अनुपस्थित रहनु भयो । यादव अहिले पनि काठमाडौं बाहिरै रहेको हुनाले शपथ ग्रहणमा अनुपस्थित भएका हुन् ।

यही वैशाख १० गते भएको प्रतिनिधिसभाको उपनिर्वाचनबाट चितवन २ मा रवि लामिछाने, तनहँ १ मा स्वार्निम वाग्ले र बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित हुनुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार