मुडे–शैलुङ्ग सडकमा २६ वर्षपछि कालोपत्रे सुरु

सडक कालोपत्रे सुरु हुदाँ पुर्वअध्यक्ष दुलालको हर्ष:

  गाैरीशंकर टाइम्स संवाददाता  158 पटक हेरिएको


दोलखा । स्थानीय तहको विकास निमार्ण अन्र्तगत शैलुङ गाउँपालिकाको मुडे–बाघखोर–शैलुङ–कालापानी सडकको कालोपत्रे सुरुभएको छ । बागमती प्रदेश सरकारको सहयोगमा दुई वर्षभित्र सडक कालोपत्रे गर्ने भनिए पनि ठेकेदार कम्पनीले विभिन्न कारण देखाइ ढिलो गरी सुरु गरेको हो ।

महालक्ष्मी‚ कञ्चनजंगा र शुभकामना जेभिले मुडेदेखि ढुङ्गेसम्मको साढे १६ किलोमिटर सडक कालोपत्रेका लागि २०७६ मा ठेक्का सम्झौता गरेको थियो । सडक कालोपत्रेका लागि चार वर्षअधिनै ठेक्का लागाए पनि काम सुरु हुनसकेको थिएन ।

मुडे–मेलुङ सडकको ट्रयाक २०५४ सालदेखिनै खुलाइएको थियो । २०७४ मा स्थानीय तह बनेपछि कच्ची सडकलाई कालोपत्रे गर्नका लागि बागमति प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरी करिव २६ वर्षपछि यो सडक कालोपत्रे हुने सडक झन्डै ८ मिटर फराकिलो भएपनि पाँच मिटर मात्र कालोपत्रे हुने निमार्ण कम्पनीले जनाएको छ ।

मुडे–मेलुङ सडक खण्डअन्तर्गत मुडेदेखि देउरालीसम्म १० किलोमिटर र देउरालीबाट शैलुङको ढुङ्गेसम्म ६.५ किलोमिटर गरी साढे १६ किलोमिटर बाटो कालोपत्रे हुने शुभकामना निर्माण कम्पनीका सञ्चालक ईश्वर बास्कोटाले बताए । उनका अनुसार देउरालीदेखि अँगेरी डाँडासम्म यस वर्षनै कालोपत्रे हुने जानकारी दिएको छ ।

यस्तै शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठले यो वर्ष ठेकेदार कम्पनीले गर्नुपर्ने नौ किलोमिटर भएको तर करिब ३.४ किलोमिटर मात्र पिच गर्न सक्ने बताए । उनका अनुसार ठेकेदार कम्पनीले काम साह्रै ढिलो गरका हुनाले साढे २ किलोमिटरको मात्र सामान आइसकेको वताए । उनले मौसम राम्रो भएमा थप सामान ल्याएर भएपनि निर्माण कार्यलाई अगाडी बढाउने समेत वताए ।

त्यसैगरी, शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष एवं नेकपा एमाले प्रदेश कमिटीका सदस्य भरतप्रसाद दुलालले सडक कालोपत्रे अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो । उनले पहिलो पटक ठेक्का तोडेर नयाँ ठेकेदार कम्पनीलाई सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको जानकारी दिए । पुर्वअध्यक्ष दुलालले ५ वर्षको कठोर संघर्षपछि सडक कालोपत्रे हुँदा सुखद् क्षण भएको समेत बताए ।

शैलुङ्ग गाउपालिकाले यो सडक कालोपत्रेका लागि बागमती प्रदेशका यातायात पूर्वाधार निर्देशनालयबाट बहुवर्षीय सडक निर्माण आयोजनाको रूपमा ठेक्का सम्झौता भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार