काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले प्रदेश सूचना संयन्त्र बनाउने बताउनु भयो । सरकारी सूचना र सन्देशहरुलाई व्यवस्थित गर्नकालागि बागमती प्रदेश सरकारले ‘सूचना वैंक’ बनाउने र सोही मार्फत सूचना प्रवाह गर्ने बताउनु भएको हो ।
शनिबार सञ्चार रजिस्ट्रारको कार्यालयले धुलिखेलमा आयोजना गरेको डेटा ड्रिभन पत्रकारिता तालिमको समापन समारोहमा बोल्दै मन्त्री श्रेष्ठले बताउनुभएको हो । प्रदेश सरकारले संघीय सरकारको राष्ट्रिय समाचार समिति ९रासस० जस्तै सरकारी न्यूज एजेन्सि निर्माण गर्ने र त्यसको नाम बागमती प्रदेश सूचना वैंक हुने उहाँले जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठका अनुसार बागमती प्रदेश सरकारले राजधानी हेटौंडामा समाचार डेस्क स्थापना गर्ने र १३ वटै जिल्लामा आधिकारिक सूचना अधिकारी नियुक्त गरेर सूचनालाई व्यवस्थित गरिने वताउनुभयो । मन्त्री श्रेष्ठले प्रेस जगतको नियमन जरुरी भए पनि अकंशु लगाउने काम नहुने समेत स्पस्ट पार्नुभयो ।