काठमाडौं । सिन्धुलीको पिपल भञ्ज्याङमा कार दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । आइतबार राति कार दुर्घटना हुदाँ दुई जनाको घटना स्थलमै मृत्यु भएको हो ।
काठमाण्डौंबाट सिन्धुलीतर्फ जाने क्रममा विपी राजमार्ग अन्तर्गत पिपल भञ्ज्याङमा बा ८ च ९१३५ नम्बरको कार दुर्घटना भएको थियोे । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनामा दुई जनाको घटना स्थलमै मृत्युु भएको र एक जना गम्भीर घाइते भएको जनाएको छ ।
त्यसैगरी, मृत्यु हुनेमा सिन्धुली मरिण गाउँपालिका कपिलाकोट घरभई काठमाण्डौं गौरीघाट बस्ने ४३ वर्षकी साहारा प्रसाई र काभ्रे पनौति नगरपालिकाका अन्दाजी ५० वर्षका कुमार पुरीको रहेको सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो । दुर्घटनामा प्युठान नगरपालिका-८, प्युठानका योगेन्द्र थापाको सिन्धुली अस्पताल सिन्धुलीमा उपचार भई रहेको प्रहरी प्रमुख सिलवालले जानकारी दिनुभयो ।
कार आफै अनियन्त्रित भई सडकको बाँया साईडबाट करिब २० मिटर तल भिरमा झरेको थियोे । घाईतेलाई थप उपचारको लागि काठमाण्डौं पठाउने तयारी भैइरहेको प्रहरी प्रमुख सिलवालले जानकारी दिनुभयो ।