काठमाडौं । विवाह गर्न नमानेको भन्दै प्रेमीको घरमा गएर प्रेमिकाले आत्महत्या गरेकी छिन् । वीर हस्पिटलमा कार्यरत नर्स समेत रहेकी अन्दाजी २९ वर्षीय प्रेमिका अनुमा श्रेष्ठले आत्महत्या गरेकी हुन् ।
प्रेमी सुजन ढकालले आफूसँग विवाह गर्न नमानको भन्दै प्रेमिका श्रेष्ठले शनिबार काठमाडौं महानगरपालिका-२९, बोहराटारस्थित सुजनको घरमा गएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । सो घटनाबारे बालाजु प्रहरीले अनुसन्धान गरि रहेको छ ।