कपनको घटनाले मोडलिएपछि झापामा पक्रिए निराको हत्यारा

  गाैरीशंकर टाइम्स सम्बाददाता  118 पटक हेरिएको


काठमाडौं । निरा आचार्यको हत्यामा संलग्न अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सार्वजनिक गरेको छ । आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सिआइबीले हत्यामा संलग्न अभियुक्त विनोद विकलाई सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा ब्युरोका एसएसपी दिनेश आचार्य दिएको जानकारी अनुसार वैशाख ७ गते विनोदले निराको हत्या गरेको स्विकार गरेको बताउनु भयो । पसलमा लुटपाट गर्न खोज्दा निराले प्रतिकार गरेपछि पसलमै भएको चक्कुले पटक(पटक हानेर हत्या गरेको बताए ।  निरा कपनस्थित सरस्वतीनगरमा निरू किचेन नामको भाँडा पसल चलाउदै आएकी थिइन ।

पक्राउ परेका विक झापाको एक क्यासिनोमा काम गर्थे । विक एक हप्तासम्म भक्तपुरमा साथको कोठामा बसेर झापा थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको एसएसपी आचार्यले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार