काठमाडौं । आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइदै छ । नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित श्रमिक दिवस मनाउन लागेको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा देशैभरी विभिन्न कार्यक्रम गरि मनाइँदैछ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारा स्थापित भएको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।
श्रमिक दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले विज्ञप्ति नै जारी गरि शुभकामना व्यक्त गरेका छन् । सरकारले श्रमिक दिवसको अवसरमा देशभर सार्वजनिक विदा समेत दिइएको छ ।