काठमाडौ । नेपाल र युएईबीच एसीसी प्रिमियर कपको फाइनल खेल सुरू भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट खेल मैदानमा प्रिमियर कपको फाइनल खेल सुरुभएको हो ।
जारी खेलमा कप्तान रोहित पौडेलले नेपालका टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको थियो ।