यूएईलाई हराउँदै नेपालले प्रिमियर कपकाे उपाधि जिते

  गाैरीशंकर टाइम्स सम्बाददाता  123 पटक हेरिएको

काठमाडौं । नेपालले यूएईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा नेपालले प्रिमियर कपकाे उपाधि नेपालले जितेको हाे ।

युएइले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्सन झाले ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।

साेमबार टस हारेर ब्याटिङ गरेको युएईले २७.३ ओभरमा १०६.९ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । मंगलबार त्यहीबाट खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो ।

११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल एक रनमा आउट भए, त्यसबेला नेपालको स्कोर पनि एक मात्र थियो । तेस्रो नम्बरमा गुल्सन झा ब्याटिङका लागि गएका थिए । उनीसँग १८ रनको साझेदारी गरेका आसिफ शेख सातौं ओभरको पहिलो बलमै आउट भए ।

त्यसैगरी, कप्तान रोहितकुमार पोडेल आउट भएपछि नेपाल केही दबावमा परेको थियो । तर गुल्सनले भीम सार्कीसँग मिलेर नेपाललाई जिताए । दुवैले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरे । ८४ बलको सामना गरेका गुल्सनले तीन चौका र ६ छक्का हाने । ७२ बलमा अविजित ३६ रन बनाएका भीमले पनि चार चौका बनाएका थिए ।

नेपालले उच्च मनाेवलका साथ घरेलुु खेलका लागि मैदानमा उत्रिएको थियोे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट खेलमैदानमा भएको खेलमा हजारौं दर्शकले नेपाली खेलाडीलाई साथ दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार