काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापा उपचारको क्रममा मंगलबार निधन भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको मेडिसिटी अस्पतालमा निधन भएको हो ।
गत वैशाख ४ मा चितवनस्थित घरको छतबाट खसेर घाइते भएका थापालाई भरतपुरमा प्रारम्भिक उपचारपछि ५ वैशाखमा हेलिकप्टरमार्फत् काठमाडौं ल्याएको थियो ।
उनलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो।