एमालेका सांसद लक्ष्मी महत्तो कोइरी निलम्बन

  गाैरीशंकर टाइम्स सम्बाददाता  80 पटक हेरिएको

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन् । हत्याको आरोप लागेका कोइरीलाई मंगलबार संसद सचिवालयले निलम्बन गरेको हो ।

महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित कोइरीमाथि सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप छ । २०७२ भदौ २५ गते उच्च अदालत जनकपुरले उनलाई हत्या आरोपमा थुनामा राख्न आदेश दिएको थियो ।

त्यसपछि फरार रहेका कोइरीलाई खोजी गर्न सहयोग माग्दै प्रहरी प्रधान कार्यालय नक्सालले संसद सचिवालयलाई दुई पटक पत्र लेखेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार