तमु समाज युकेद्धारा २५६७औ बुद्ध जयन्ती मनाउदै चलचित्रकर्मी प्रितम गुरुङलाई सम्मान

  गाैरीशंकर टाइम्स संवाददाता  269 पटक हेरिएको

काठमाडौं । तमु समाज युकेले २५६७औ बुद्ध जयन्तीको अवसरमा दोमाङ पुजा कार्यक्रम सम्पन्न गरको छ । लन्डनको वेम्बली बरहामपार्क स्थित २९ अप्रिल २०२३ शनिवार तमु समाज युके नेप्लिज कम्युनिटि सेन्टरमा दोमाङ पुजा कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको हो ।

आमा समूहको सहयोग, खेलकुद तथा खाध्य सचिब हरिमान गुरुङको संयोजकत्व एवं अध्यक्ष शिव कुमार गुरुङको सभापतित्वमा सम्पन्न बुद्ध जयन्ती पूजा कार्यक्रमको प्रमुख अतिथि तथा प्रमुख गुरु बिसिसि युकेका प्रमुख परम पुज्यनिय टल्कु जिग्मे सामतेन रिम्पोछे रहनु भएको थियो । पूजा संचालनमा अन्य लामा गुरुहरुमा लामा दावा, नोर्बु, लामा, स्यानु र लामा मिङमार संलग्न रहेका थिए ।

प्रमुख अतिथि तथा प्रमुख गुरु टल्कु जिग्मे सामतेन रिम्पोछे तथा अन्य लामा गुरुहरुलाई कार्यक्रम स्थलमा भव्य स्वागत गरे पश्चात तमु समाज युकेका अध्यक्ष शिव कुमार गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ र आमा समूहका उपाध्यक्ष मथुरा देवि गुरुङले संयुक्तरुपमा दिप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । बुद्ध जयन्ती तथा दोमाङ पूजा कार्यक्रममा सल्लाहकार तथा काउन्सिलर कमल गुरुङ लगायत अन्य सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारिहरु तथा सदस्यहरु, आमा समूहका अध्यक्ष उमा देवि गुरुङ र अन्य पदाधिकारि लगायत लण्डन वरपरका नेपाली जेष्ठनागरिकहरु र श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो ।

सन् २००७ सालमा स्थापना भई २०१२ मा बेलायतको च्यरिटि कमिसनमा औपचारिक रुपमा दर्ता भएको संस्था तमु समाज युकेले स्थापनाकाल देखि निरन्तररुपमा बैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको आवसरमा विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउदै आएको छ । बिगतका बर्षहरुझै यस बर्षको २५६७औ बुद्ध जयन्ती पूजा कार्यक्रम पनि आमा समूहको सकृयतामा निशुल्क प्रवेश र निशुल्क खानापिनको ब्यबस्थापन आमा समुहले गरेका थिए । यसका निम्ति समूहका सबै आमा दिदिबहिनिहरु सकृयतका साथ मन, बचन र कर्मले कार्यक्रम आयोजनामा जुटनु भएको थियो।

शनिवार बिहान ८ः३० बजे आरम्भ गरिएको दोमाङ पूजापाठ कार्यक्रमका प्रमुख गुरु टल्कु जिग्मे सामतेन रिम्पोछेले दोमाङ पूजापाठको बारेमा उपस्थित सबैलाई संक्षिप्त जनकारि गराएका थिए । कार्यक्रमको अन्तमा उपस्थित सबै भक्तजनहरुले प्रमुख अतिथि तथा प्रमुख गुरु रिम्पोछेबाट अभिषेक तथा अन्य श्रद्धेय लामा गुरुहरुबाट प्रसाद ग्रहण गरेपछि अपराहन्न ५ बजे कार्यक्रम समापन गरिएको थियो ।

तमु समाज युकेका महासचिब धरमबल गुरुङले संचालन गरेको कार्यक्रममा अध्यक्ष शिव कुमार गुरुङले धन्यबाद मन्तव्य राख्दै पूजा संचालन गर्न लामा गुरुहरु, कार्यक्रमलाई आर्थिक सहयोग गर्नुहुने चन्दादाताहरु, बिभिन्न परिकारका भोजन तथा पेय पदार्थको प्रायोजन गर्नुहुने प्रायोजकहरु, आमा समूह, पूजा संयोजक हरिमान गुरुङ लगायत उपस्थित सबैलाई आभार व्यक्त गर्दै धन्यवाद दिएका थिए ।

कार्यक्रममा महासचिब धरमबल गुरुङद्धारा हेल्थ एण्ड सेफ्टिबारे जानकारी सहित कार्यक्रमलाई बिभिन्न प्रकारका सहयोग गर्ने चन्दादाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभएका थिए ।

त्यसैगरी, कार्यक्रममा बेलायत भ्रमणमा रहेका चलचित्र निर्माता, निर्देशक एवं नायक प्रितम गुरुङलाई सम्मान गरेका थिए । तमु समाज युकेले प्रथम गुरुङ (तमू) चलचित्र पातेको नायक प्रितम गुरुङले विशेष गरेर गुरुङ (तमु) कला क्षेत्रमा र समग्र नेपाली कला क्षेत्रमा पुर्या्एको महत्वपूर्ण योगदानको उच्च प्रशंसा तथा कदर गर्दै २५६७औं बुद्ध जयन्ती कार्यक्रमको पावन अवसरमा तमु समाज युके विशिष्ठ समाज सेवा सम्मान पत्र प्रदान गरिएको थियो । नायक गुरुङलाई समाजका अध्यक्ष शिव कुमार गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र आमा समूहका अध्यक्ष उमा देवि गुरुङले फेटा तथा खादा लगाई पुष्पा गुच्छा सहित सम्मान पत्र प्रदान गरेका थिए । यसै अवसरमा प्रथम गुरुङ (तमु) चलचित्र पातेको नायिका तथा तमु समाज युकेका पूर्ब साँस्कृतिक सचिव सरु गुरुङ रानालाई पनि पुष्प गुच्छा प्रदान गरि सम्मान गरेका थिए।

सम्मानित भएपछि चलचित्रकर्मी तथा नायक गुरुङले बेलायतमा यति ठूलो सम्मान गरेकोमा तमु समाज युके प्रति आभार प्रकाट गर्दै धन्यवाद व्यक्त गर्नुभयो । कलाकारिताको माध्यम बाट जीवनको महत्वपूर्ण समय आफ्नो समुदायलाई दिन पाएकोमा खुसि व्यक्त गर्दै नायक गुरुङले जीवनको अनन्तकाल सम्मा यही क्षेत्रमै रहि रहने प्रतिबद्धता व्यक्त गरे ।

चलचित्र क्षेत्रमा ३ दशक जति निर्माता निर्देशक र नायकको रुपमा रहेका गुरुङले अहिले आफ्नो ४९औं फिल्म रिपा प्रदर्शनका क्रममा बेलायत आएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार