सरकारले मिटर व्याज पिडितको समस्या सावधान गर्न अध्यादेश जारी

  गाैरीशंकर टाइम्स संवाददाता  103 पटक हेरिएको


काठमाडौं । सरकारले अध्यादेशमार्फत मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्का बैठकले सिफारिस गरे अनुसार बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी अपराध संहितासम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गर्नु भएको हो ।

सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा परिभाषित गरी कानुनी रुपमा दण्डनीय बनाउन उक्त अध्यादेश ल्याएको हो । अध्यादेशमार्फत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता संशोधन गर्न लागेको छ ।

मिटरब्याज पीडितको एक समूहसँग गत चैत १७ गते गरेको सहमति अनुसार सरकारले कानुन संशोधन गर्न अध्यादेश ल्याएको हो । संसद चलिरहेको समयमा विधेयकमार्फत कानुन संशोधन नगरी सरकारले संसद अधिवेशन अन्त्य भएको समयमा अध्यादेशमार्फत ऐन संशोधन गरेको हो ।

मंगलबार मन्त्रिपरिषद बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्नुपर्ने भएकाले अध्यादेश ल्याउनुपरेको स्पष्टीकरण दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार