काठमाडौ । तमु समाज युकेले नेपालबाट बेलायत भ्रमणमा आउनुभएकी पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङलाई सम्मान गरेको छ । उपमेयर गुरुङलाई लण्डनको वेम्बली स्थित तमु समाज युके नेपालीज कम्युनिटी सेन्टरमा १ मे २०२३ सोमबार स्वागत तथा सम्मान गरेको हो।
तमु समाज युकेका संस्थापक अध्यक्ष चित्र बहादुर गरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङ प्रमुख अथिथ्य रहनुभएको थियो । कार्यक्रमका प्रमुख अथिति उपमेयर गुरुङलाई संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, आमा समूहका अध्यक्ष उमादेबी गुरुङ गुरुङ लगायतले खादा, पुष्प गुच्छा र दोसल्ला ओढाई तमु समाज युके बिशिष्ट समाज सेवा सम्मानपत्र प्रदान गरेको थियो । सम्मान कार्यक्रमलाई संस्थाको महासचिव धरमबल गुरुङले सञ्चालन गरेको थियो ।
तमु समाज युकेका पूर्ब अध्यक्ष शिवशरण गुरुङले संस्थाको बारेमा संक्षिप्त जानकारी गराउदै स्वागत मन्तब्य र निरज गुरुङले प्रमुख अतिथि उपमेयर गुरुङको संक्षिप्त परिचय प्रस्तुत गरेको थियो । कार्यक्रममा हेल्थ र सेफ्टी सम्बन्धी महासचिब धरमबल गुरुङले जानकारी दिएका थिए ।
कार्यक्रममा तमु समाज युकेका पूर्बअध्यक्ष शिवशरण गुरुङ, पूर्बअध्यक्ष अर्जुन कुमार गुरुङ, निबर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, सल्लाहकार तथा काउन्सिलर कमल गुरुङ, पूर्बउपाध्यक्ष बिजु गरुङ, पूर्बउपाध्यक्ष कन्यप्रसाद गुरुङ, सल्लाहकार बाबुराम गुरुङ, सल्लाहकार रामचन्द्र गुरुङ, सल्लाहकार लेखबहादुर गुरुङ आमा समूहका पूर्वअध्यक्ष माया गुरुङ, आमा समूहका उपाध्यक्ष मथुरा गुरुङ, कार्य समितिका बिभिन्न पदाधिकारीहरु, आमा समूहका आजिवन सदस्यहरु र उपस्थित सबैले उपमेयर गुरुङलाई खादा तथा फूलमाला लगाई सम्मान गरेका थिए ।
राजधानी लण्डनमा तमु समाज युकेले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उपस्थित भई सम्मानित हुँदा प्रमुख अतिथि उपमेयर मन्जुदेवी गरुङले अत्यन्त खुशि ब्यक्त गर्दै तमु समाज युकेका संस्थापक अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारिहरु, सदस्यहरु, आमा समूहका सबै पदाधिकारी तथा आमा दिदिबहिनिहरुलाई आभार सहित हार्दिक कृतज्ञता ब्यक्त गरिन । मन्तव्यका क्रममा प्रमुख अतिथि उपमेयर गुरुङले परोपकारको क्षेत्रमा तमु समाज युकेले गरेका कार्यहरुको प्रशंसा गर्दै समाजको समृद्धि तथा उत्तरोउत्तर प्रगतिका लागि शुभकामना दिएका थिइन ।
उनले नेपालको बर्तमान सम्बिधानमा गैर आवासीय नेपालीलाई नागरिकताको ब्यबस्था गरिनु पर्ने बताइन । यसैगरी नारी सशक्तीकरण र महिला नेतृत्वको बारेमा प्रकास पार्दै महानगरपालिकाको विविध समसामयिक जनचासोका बिषयहरुको बारेमा सबैलाई जानकारि गराउनु भएको थियो । आफ्नो नेपाली तथा तमू भाषा, भेषभूषा, कला, संस्कार र संस्कृतिको संरक्षण, सम्बद्र्धन र बिकासमा निरन्तरताका लागि रहन पनि उपमेयर गरुङले सबैलाई आग्रह गर्नु भएकी थिइन।
कार्यक्रमका सभापति चित्रबहादुर गुरुङ र आमा समूहका अध्यक्ष उमादेवी गुरुङले मायाको चिनो समेत प्रदान गर्नु भएको थियो । उपमेयर गुरुङको स्वागतका लागि आमा समूहले केक काटेका थिए ।
त्यसैगरी, सभापति चित्र बहादुर गुरुङले प्रमुख अतिथि लगायत उपस्थितलाई धन्यबाद मन्तब्य राख्नुहुदै कार्यक्रम समापन गर्नुभयो । कार्यक्रम समापनपछि फोटो सेसन गरी प्रमुख अतिथि, अतिथि लगायत उपस्थितहरुलाई सबैलाई आमा समूहले खानपानको व्यावस्था गरिएको थियो।