कांग्रेसबाट सरकारमा थपिए ३ मन्त्रि

  गाैरीशंकर टाइम्स संवाददाता  67 पटक हेरिएको


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसका ३ जनालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् । कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेको हो ।

नवनियुक्त मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे पद तथा गोपनियताको शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारमा ३ जना मन्त्री नियुक्तिसँगै मन्त्रिपरिषद २२ सदस्यीय भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले नवौं पटक सरकार विस्तार गरेतापनि अझै मन्त्रिपरिषदले पूर्णता पाएको छैन । अझै वन तथा वातावरण र खानेपानी मन्त्रालय खाली छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार