काठमाडौं । नेकपा एमालेका सचिव एवं पुर्व उर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार जिल्ला अदालत काठमाडौंबाट प्रहरीले अनुसन्धानका लागि रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो ।
नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धान गर्ने क्रममा काठमाडौं प्रहरी परिसरले बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।प्रहरीको अनुसन्धानमा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव एवं सांसद रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ । उनको बाबुछोराबिरुद्ध प्रहरीले अनुसन्धानको लागि पक्राउ पुर्जी नै जारी गरेको हो ।