काठमाडौं । पूर्व उर्जामन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको अरोपमा रायमाझी आज विहान भैरहवाबाट पक्राउ परेको हो ।
प्रहरी स्रोतका अनुसार उनलाई आजै भैरहवाबाट काठमाडौँ लैजाने तयारी गरिएको छ । प्रहरीले रायमाझीलाई बिहीबार बिहान पक्राउ गरिएको भएपनि औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
उनका छोरा सन्दीप रायमाझी हिजो बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए । रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । काठमाडौँबाट खटिएका प्रहरीले विशेष टोलीको समन्वयमा रायमाझीका बावु छोरालाई पक्राउ गरेको बुझिएको छ । पूर्वमन्त्री रायमाझीसँगै यो प्रकरणमा ९ जना पक्राउ परिसकेका छन् ।