सुनको मुल्य हालसम्मकै उच्च रेकर्ड

  गाैरीशंकर टाइम्स सम्बाददाता  90 पटक हेरिएको

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार गत २२ चैतमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै तेजावी सुनको प्रतितोला मूल्य १ लाख ११ हजार २५० रूपैयाँ तोकिएको छ ।

बिहीबार चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएर प्रतितोला मूल्य १ हजार ४४५ रुपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार