पुर्वमन्त्रीको छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अदालतको आदेश

  गाैरीशंकर टाइम्स सम्बाददाता  90 पटक हेरिएको


काठमाडौं । पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । सन्दिपलाई प्रहरीले बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद थपेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता रहेको आरोपमा प्रहरीले उनलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो ।

उनलाई बिहीबार बिहान हवाई जहाजबाट काठमाडौँ ल्याइएसँगै प्रहरीले म्याद लिनका लागि अदालतमा उपस्थित गराएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार