काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व सरकारमा सहभागी नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यलयमा आयोजित बिशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल नवनियुक्त मन्त्रीहरुलाई शपथ खुवाउनु भएको हो ।
नेपाली कांग्रेसको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले शपथ लिनुभएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँहरूलाई बुधवार मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी कर्मचारीलगायतको सहभागिता रहेको थियो ।