काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनुभएको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकबाट मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुभएको हो ।
मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न गण्डकी प्रदेश सभा नियमावली २०७४ को नियम १४३ बमोजिम आफ्नो प्रस्ताव पेस गरेका थिए । मुख्यमन्त्री पाण्डेले बैठकमा विश्वासको मतकालागि गरेको प्रस्तावमा बहुमतले पारित भएको हो ।
पाण्डेलाई संविधानको धारा १६८ को ९२० अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले १४ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।