संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

  गाैरीशंकर टाइम्स सम्बाददाता  80 पटक हेरिएको


काठमाडौं । संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । संखुवासभाको भोटखोलास्थित सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा भएको हो ।

स्थानीय भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङका अनुसार पाइलट र हेलिकप्टरमा सवार एक जना स्थानीय घाइते भएका छन ।

घाइतेहरूको उद्धार गरेर उपचारका लागि पठाउने तयारी भएको गाउँपालिका अध्यक्ष वाङछेदर लामाले जानकारी दिए । उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेको उडेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार