लार्के पास गर्ने क्रममा नेपाली युवकको मृत्यु

  गाैरीशंकर टाइम्स सम्बाददाता  108 पटक हेरिएको

काठमाडौं । मनास्लु पदमार्ग हुँदै लार्के पास गर्ने क्रममा एक नेपालीको मृत्यु भएको छ । लार्के पास गर्न गएका धादिङ नीलकण्ठ नगरपालिका-११ का प्रकाश दवाडीको शनिबार मृत्यु भएको हो ।

डीएसपी लिलाराज लामिछानेका अनुसार २० वर्षीय दवाडी वैशाख १८ गते लार्के पासका लागि टोलीसँग धर्मशालाबाट अघि बढेका थिए । तर हावाहुरी र हिमपातका कारण उनी आफ्नो टोलीभन्दा पछाडि परेको प्रहरीले जनाएको छ ।

वैशाख १९ गते लार्के पासका लागि धर्मशालाबाट निस्किएको अमेरिकन टोलीले उनलाई बिरामी अवस्थामा देखेपछि रेस्क्यू गरेको थियो । भारी छाडेर सँगै जान आग्रह गरेपनि दवाडी नमानेपछि सो टोलीले उनलाई छाडेर गएको थियो । त्यसपछि एक्लिएका दवाडी शनिबार लार्के भन्ज्याङ नजिकै मृत अवस्थामा भेटिएको डीएसपी लामिछानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार