काठमाडौं। संघीयसभामा आजदेखि तीन दिनसम्म प्रि बजेटका बारेमा छलफल हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले सोमबाट प्रि-बजेटका बारेमा छलफल गरिने निर्णय गरेको हो ।
बैठकमा बैशाख २५ देखि २८ गतेसम्म प्रि-बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार प्रि-बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने वताए । त्यसमाथि उठेको प्रश्न छलफलको अन्तिम दिन अर्थात् बैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको जनाएकोछ ।