स्वतन्त्र सांसद अमरेशकुमार सिंह सदनमै निस्वस्त्र

  गाैरीशंकर टाइम्स सम्बाददाता  65 पटक हेरिएको

काठमाडौं । सभामुख देवराज घिमिरेले बोल्न नदिएपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदमा कपडा खोलेर विरोध जनाएको छ । उनले सोमबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै आकस्मिक समयमा बोल्नका लागि सभामुखले समय नदिएपछि कपडा खोलेर विरोध गरेको हो ।

सभामुखलले संसद् नियमावलीको कारण देखाउँदै सांसद अमरेशलाई बोल्न नदिने बताएका थिए । त्यसपछि अमरेशले शुरूमा सर्ट र त्यसलगत्तै उनले भित्री वस्त्र(सेन्डो) समेत खोलेका थिए ।

सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले संसदीय मर्यादाको ख्याल गर्न बारम्बार आग्रह गरे । सिंहले संसद बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार