आजबाट देशभर कक्षा १२ को वार्षिक परिक्षा हुदै

  गाैरीशंकर टाइम्स सम्बाददाता  126 पटक हेरिएको


काठमाडौं । यस वर्षको माध्यमिक तह कक्षा १२ को वार्षिक परीक्षा मंगलबारबाट देशभर शुरू हुँदैछ । परीक्षामा कुल ४ लाख ६७ हजार ३ सय ८९ परीक्षार्थी सहभागी हुँदैछन् । गत वर्षको तुलनामा यस वर्ष करिब ७१ हजार परीक्षार्थी थपिएका छन् ।

परीक्षामा १ हजार ४ सय ५७ केन्द्रमा १७ हजार ४ सय ७२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । परिक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी ३१ हजार जनशक्ति परिचालन हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

सरकारले कक्षा १२ सम्मलाई माध्यमिक तह घोषणा गरेका कारण यो परीक्षा माध्यमिक तहको अन्तिम परीक्षाको रूपमा लिइएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा शुरू हुनु आधा घण्टा अघि मात्र इमेलबाट प्रश्नपत्र पुर्याउने व्यवस्था भएको जानकारी दिए । परीक्षा शुरू हुनुअघि प्रश्नपत्र प्राप्त भएपछि प्रिन्ट वा फोटोकपी गरेर विद्यार्थीलाई प्रश्नपत्र दिने व्यवस्था गरेको छ ।

परीक्षामा अनैतिक क्रियाकलाप गर्ने विद्यार्थीको सबै परीक्षा रद्द गर्ने र एक वर्षसम्म कुनै पनि परीक्षा सामेल हुन नपाइने कानुनी व्यवस्था गरेको बोर्डले जनाएको छ । परीक्षामा नियमविपरीत कार्य गर्ने विद्यार्थीमाथि १ वर्षसम्म परीक्षा रद्ध र १ लाख रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार