काठमाडौ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मत सिफारिस गरेको छ । सोमबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मत सिफारिस गरेको हो ।
हाल सर्वोच्च अदालतमा कार्यबाहक रहनुभएका कार्कीलाई नै प्रधानन्यायाधीशमा नियुक्त गर्न संबैधानिक परिषद्ले सर्वसम्मत सिफारिस गरेको हो । अदालतमा लामो समयसम्म प्रधानन्यायाधीश नहुदा मुद्दाको सुनुवाइ र दैनिक कार्य सम्पन्न गर्नका लागि ठोस निर्णय हुनसकेको थिएन ।