नेपाली कांग्रेसका नेता एवं पुर्वगृहमन्त्री खाँण प्रहरी नियन्त्रणमा

  गाैरीशंकर टाइम्स सम्बाददाता  132 पटक हेरिएको

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पुर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्न खाँणलाई बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको हो ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार भुटानी शरणार्थी प्रकरणमा खाँण पनि संलग्न भएको आह्रोप लागेको जानकारी दिए । एसएसपी कार्कीका अनुसार उनलाई थप अनुसन्धान गर्न नियन्त्रणमा लिएको बताए ।

उनलाई पक्राउ गरि अपराध महाशाखा बानेश्वर लगिएको छ । त्यसपछि खाँणलाई काठमाडौं प्रहरी परिसर ल्याइने कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार