काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेको छ । बुधबार बिहान पुर्वगृहमन्त्री खाँणलाई नियन्त्रणमा लिएसँगै केसीलाई पनि पक्राउ गरेको हो ।
केसीलाई चाबहिलबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर केसीले जानकारी दिनुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणलाई निवासबाटै पक्राउ गरेको थियो ।
त्यसैगरी, प्रहरीले नक्कली सुकुम्बासी प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको संख्या १२ पुगेको छ । प्रहरीको फरार सुचीमा रहेका पुर्वउर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अझै पक्राउ गर्न सकेको छैना ।