एमालेले सचिव टोपबहादुरलाई पार्टीबाट निलम्बन गर्दै कार्वाही

  गाैरीशंकर टाइम्स सम्बाददाता  121 पटक हेरिएको

काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका केन्द्रिय सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि अनुसन्धानमा सहयोग पुर्‍याउन भन्दै पार्टीले कारवाही गरेको हो ।

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै मुद्दाको अन्तिम टुङ्गो नलागेसम्मका लागि पदबाट निलम्बन गरिएको जानकारी दिनुभयो । रायमाझीमाथि लागेको मुद्दालाई निष्पक्ष रुपमा छानबिन गर्न पार्टीले सहयोग गर्ने समेत महासचिव पोखरेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार