काठमाडौं । पुर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई चारदिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई तीनदिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो ।
अदालतका प्रशासनका अनुसार खाँणलाई चारदिन हिरातमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको जानकारी दिए । मंगलबार बिहान खाँणलाई चाबहिल निवासबाटै जरुरी पक्राउ पुर्जी थमाउँदै पक्राउ गरिएको थियो ।