काठमाडौं । काभ्रेका ‘जिउँदो सहिद’ भनेर चिनिने मुकेश कायस्थको निधन भएको छ । लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारत कायस्थको बुधबार साँझ निधन भएको हो ।
मुकेश दोस्रो जनआन्दोलन २०६२ चैत २७ गते प्रहरीको गोली लागी घाइते भएको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।