गण्डकी प्रदेशमा सरकार विस्तार, चार मन्त्रीले लिए शपथ

  गाैरीशंकर टाइम्स संवाददाता  73 पटक हेरिएको


काठमाडौ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेले सरकारमा चार जना मन्त्री नियुक्त गरी पद तथा गोपनियताको शपथ गराउनु भएको हो ।

शुक्रबार प्रदेश प्रमुख निवासमा नवनियुक्त चार मन्त्रीले शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार बिहान कांग्रेसबाट कृषि तथा भुमि व्यावस्थामा महेन्द्रध्वज जिसी, उद्योग, पर्यटन, वन तथा वातावरणमा दीपेन्द्रबहादुर थापा र आर्थिक मामिलामा जीतप्रकाश आलेलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

यस्तै मुख्यमन्त्री पाण्डेले माओवादीबाट भौतिक पुर्वधार विकास तथा यातायात व्यावस्थामा रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गरेका छन । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ खुवाएका हुन् । यो सँगै गण्डकीमा सात सदस्यी मन्त्रिपरिषद् गठन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार