नक्कली भुटानी शरणर्थी प्रकरणका दोषीलाई कार्वाहीको माग गर्दै राजधानीमा प्रदर्शन

  गाैरीशंकर टाइम्स संवाददाता  106 पटक हेरिएको


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरुलाई उच्च राजनीतिक संरक्षणमा त्यसै छाडिने हो कि भन्ने आशंका बढेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइलहरुकै नाम जोडिएपछि जनमानसमा यस्तो चिन्ता, चासो र आशंका बढेको हो ।

यसैक्रममा विभिन्न राजनीतिक दल, भ्रातृ संगठन र नागरिक समाजलगायतले सरकारलाई दवाव दिन दोषीलाई कानुनी कठघरमा उभ्याउन माग गर्दै प्रदर्शन हुनथालेको छ । शुक्रबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा भेला भएर नयाँ वानेश्वरसम्म र्यालीसमेत निकालेका छन् ।

त्यसैगरी, विद्यार्थी संगठनहरु माओवादी निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुले पनि विरोध प्रदर्शन गरेको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन राजनीतिक दलको उच्च तहका नेताहरु र राज्य प्रशासनको मुख्य कर्मचारीहरुनै गिरोहसँग संलग्न भएको प्रमाण भेटिएपछि प्रहरीले अनुसन्धानको लागि धमाधम पक्राउ गर्न थालेको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै नेपाली कांग्रेसका नेता एवं पुर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरिसकेको छ । त्यस्तै नेकपा एमालेका सचिव एवं पुर्वउर्जामन्त्री टोपबहादुर रायमाझी भने फरार रहेको छ ।

नक्कली भुटानी शरणर्थी प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पत्नी आरजु राणा देउवा र मञ्जु खाँण पनि मुछिएकोछ । उनीहरुमाथि पनि प्रहरीले प्रमाण जुटाउने र निग्रानी गरिहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार