काठमाडौं । काठमाडौंको टुँडिखेलमा किराँत समुदायले साँस्कृतिक पर्व साकेला उभौली मनाएको छ । किराँत समुदायले शनिबार टुँडिखेलमा भेला भई साकेला नाचेर उभौली पर्व मनाएको हो ।
शनिवार काठमाडौंको टुँडिखेलमा साँस्कृतिक कार्यक्रम आयोजना गरी साकेला पर्व मनाएको छ । नेपाल सरकारका सँस्कृतिक, पर्यटन तथा नागरिक मन्त्री सुदन किराँतीको प्रमुख अतिथ्यतामा र सरकारी तथा विभिन्न संघसंस्थाहरुको प्रतिनिधि लगायतको उपस्थितिमा किराँत समुदायले साकेला पर्व मनाएको हो ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत समुदायले महान पर्वको रुपमा साकेला नाची उभौली मनाउने गर्छन् । यस वर्ष वैशाख २२ गते नै उभौली पर्व परेको थियो ।
किराँत समुदायको यो महत्त्वपूर्ण पर्व वसन्त ऋतुमा पितृ पूजा तथा प्रकृतिलाई सम्झेर बालीनाली राम्रो होस्, सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप नआओस् भनेर पूजा गरिन्छ।
यो पर्वको अवसरमा साकेला शिली नाच्दै १ महिनासम्म मनाउने गरिन्छ। हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ।