काठमाडौं । पूर्व उर्जामन्त्री एवं सांसदसमेत रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका रायमाझी आइतबार साँझ पक्राउ परेको हो ।
काठमाडौं प्रहरीका अनुसार रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको हो । उनलाई बयानका लागि सोमबार अदालत लैजाने तयारी रहेको काठमाडौं अपराध अनुसन्धान बिभागका प्रहरी अधिकृतले जानकारी दिए ।