काठमाडौं । विश्व कीर्तिमानी कामिरिता शेर्पाले २७औँ पटक सगरमाथा सफल आरोहण गरेको छ । शर्पाले आफ्नै विश्व रेकर्ड तोड्दै बुधवार विहान ८ बजेर ३० मिनेटमा २७औँ पटक सगरमाथाको आरोहण गरेको हो ।
शेर्पाले २७औं पटक सगरमाथा आरोहण गरी नयाँ विश्व रेकर्ड बनाएको सेभेन समिट ट्रेक्सले जनाएको छ । शेर्पाले अघिल्लो वर्ष २६औं पटक हिमाल आरोहण गरी विश्व रेकर्ड कायम गरेका थिए ।
शेर्पा सेभेन समिट ट्रेकसका सिनियर गाइड समेत हुन् । सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका शेर्पाले सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । शेर्पा ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत हुन् ।