शरणार्थी प्रकरणका रायमाझी, खाँणसहित १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

  गाैरीशंकर टाइम्स सम्बाददाता  111 पटक हेरिएको


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौले अनुमति दिएको छ । पूर्वगृह मन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

यस प्रकरणमा अहिलेसम्म पक्राउ परेका १३ जनाको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा सकिएको छ । बाकी बयान नसकिएकाले अनुसन्धानका लागि तीन म्याद थप गरिएको काठमाडौं प्रहरी परीसरका प्रवक्ता सीताराम रिजालले जानकारी दिए । प्रहरीले उनीहरूविरुद्व संगठित अपराध र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार