काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि पारित गरिएको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदमा प्रस्तुत गर्नुभएको हो ।
सरकारले हरेक वर्ष नीति तथा कार्यक्रममा आधारित भएर नयाँ बजेट ल्याउने गर्दछ । शुक्रवार संघीय साँसद भवन बानेश्वरमा आयोजित दुबै संसदको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।