चरिकोट । पुर्वमन्त्री भीमबहादुर तामाङको स्मृतिमा शुक्रबारबाट छैठौ अन्र्तराष्ट्रिय बुद्धिचाल (चेस) प्रतियोगीता सुरु भएको छ । चेस होम दोलखाले पुर्वमन्त्री तामाङको स्मृतिमा बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको हो ।
चेस होम दोलखाका अध्यक्ष गोविन्दमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं पूर्व सांसद जीपछिरीङ शेर्पाले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमति प्रदेश सांसद कुन्दनराज काफ्ले, एमाले नेता एवं बागमति प्रदेश सांसद भरत बहादुर केसी, नेपाली कांग्रेस दोलखाका सभापति एवं स्व. भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानका अध्यक्ष बर्मा लामा, भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरको उपस्थिति रहेको थियो
त्यस्तै मेलुङ गाँउपालिकाका अध्यक्ष हिरा थोकर, राप्रपाका सचिव रामबहादुर तमाङ, राप्रपा नेपालका अध्यक्ष नवराज श्रेष्ठ, पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई लगायतको उपस्थिति रहेको थियो । स्व. भीमबहादुर तमाङको स्मृतिमा आयोजना गरिएको अन्तराष्ट्रिय बुद्धिचाल (चेस) प्रतियोगीतामा नेपाल, भारत, श्रीलङ्का, अमेरीका र फ्रान्स गरी एक सय ५६ जना खेलाडिको सहभागिता रहेको आयोजकले जानकारी दिए ।
अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगीता नौ राउण्डसम्म सञ्चालन हुने खेलमा पहिलो दिन एक राउण्ड खेल सम्पन्न भएको छ । प्रतियोगीतामा पाँच जना नेपाल च्याम्पियनको समेत सहभागिता रहेको चेस होम दोलखाका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।