सरकारले आगामी आर्थिक वर्षबाट राष्ट्रिय परिचय पत्रलाई अनिवार्य बनाउदै

  गाैरीशंकर टाइम्स संवाददाता  110 पटक हेरिएको

काठमाडौं । सरकारले राष्ट्रिय परिचय पत्रलाई आगामी आर्थिक वर्षदेखि कार्यन्वयनमा ल्याउने घोषण गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेको हो ।

सरकारले नीति तथा कार्यक्रममा बैंकमा खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा र स्थायी लेखा नम्बर लिंदा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र नम्बर चाहिने व्यवस्था गरेको हो । यो व्यावस्था आगामी तीन वर्ष भित्र लागु हुने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार