काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सर्वसाधारणकै शैलीमा राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन पुग्नुभयो । शुक्रबार शीतल निवासबाट सडक खाली नगराई राष्ट्रपति संसद भवन पुग्नुभएको थियो ।
यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद आउँदा शितल निवासदेखि नै सडक खाली गराउने गरिएको थियो । सडक खाली गराउदा सर्वसाधारणबाट व्यापक विरोध आएको भन्दै राष्ट्रपति पौडेलले सो गतिविधि नगर्न आग्रह गर्नुभएको थियोे । राष्ट्रपति पौडेलले शुक्रबार दुबै संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियोे ।